Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

इच्छाकामनामा आजदेखि भर्ना अभियान सुरु, ८ गतेबाट पठनपाठन हुने

इच्छाकामनामा आजदेखि भर्ना अभियान सुरु, ८ गतेबाट पठनपाठन हुने

इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाले शैक्षिक सत्र २०८३ को भर्ना अभियान सुरु गरेका छन् । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को  भर्ना अभियान वैशाख १५ गतेदेखि सुरु गर्न र २१ गतेबाट मात्र पठनपाठन सुचारु गर्न निर्देशन दिए पनि इच्छाकामना गाउँपालिकाले भने आजदेखि नै भर्ना अभियान सुरु गरेका  हुन् ।  
गाउँपालिकाले आजदेखि ७ गते सम्म भर्ना अभियान र ८ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने जनाएको छ ।  तर सङ्घीय सरकारले भने  १५ गतेदेखि भर्ना अभियान  र २१ गतेदेखि मात्र पठनपाठन सुरु गर्न निर्देशन दिएका छन् ।  
गउँपालिकाले नेपालको संविधान तथा प्रचलित कानुन, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापन सम्बन्धी  अधिकार स्थानीय तहमा रहेकोले गाउँपालिका शिक्षा समिति र सरोकारवालाहरुको निर्णय अनुसार  गाउँपालिकाको शैक्षिक क्यालेण्डर बमोजिम सामुदायिक तथा संस्थागत विद्यालयमा आज वैशाख २ गतदेखि भर्ना ७ गते सम्म भर्ना अभियान सञ्चालन गर्ने र ८ गतेबाट पठनपाठन सुरु गर्ने भएको हो । 

671130211_1462942252244365_4290073614188690992_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट