Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

काठमाडौं : औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी नियुक्त भएकी छन्। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै खड्कीलाई निमित्त महानिर्देशक नियुक्त गरेकी हुन् ।

यसअघिका विभाग महानिर्देशकलाई औषधिको मूल्य निर्धारण प्रक्रियामा कानुनविपरीत काम गरेको आरोप लागेपछि मन्त्री मेहताले नारायणप्रसाद ढकाललाई गत चैत २६ गते मन्त्रालय तानेकी थिइन् । स्वास्थ्यमन्त्री मेहताले अर्को व्यवस्था नभएसम्म खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् । हाल खड्गी विभागमा दशौँ तहकी वरिष्ठ औषधि व्यवस्थापकका रूपमा कार्यरत छिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट