Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

फेरि सुरु भयो इजरायलसहित ४ देशको पुनः श्रम स्वीकृति

फेरि सुरु भयो इजरायलसहित ४ देशको पुनः श्रम स्वीकृति

काठमाडाैँ : वैदेशिक रोजगार विभागले यसअघि रोकिएका इजरायल, कुवेत, बहराइन र लेबननका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ ।

मन्त्रालयको गत चैत ३० गतेको निर्णयअनुसार यी चार देशमा पुनः श्रम स्वीकृति खुला गरिएको हो । यसअघि फागुन १७ गतेको निर्णयबाट साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि यस्तो सेवा सुचारु भइसकेको थियो। इराकको हकमा भने मन्त्रिपरिषद्को पुस ११ को निर्णय बमोजिम श्रम स्वीकृति दिइने विभागले जनाएको छ ।

अहिले थप ४ देशमा पुनः सुरु गरिएको छ। विभागका अनुसार इराकको हकमा भने मन्त्रिपरिषद्को गत पुस ११ को निर्णयअनुसार हुनेगरी श्रम स्वीकृति दिइने मन्त्रालयले चैत ३० गते निर्णय गरेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट