Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि उत्पन्न विवादलाई लिएर समितिको बैठक बस्न लागेको हो । केहिदिन अघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणसँग सम्बन्धित विषयमा खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले उनलाई सचेत गराउने निर्णय गरेको थियो ।

चैत १८ गते बसेको समितिको बैठकले लेटरहेडको दुरुपयोग दोहोरिएमा पार्टी विधान २०१७ (संशोधनसहित) र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
यसैगरी खड्काले सोमबार पनि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए । समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा खड्कामाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल हुने सम्भावना छ ।

यसैबीच, आजै दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij