Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेपाललाई ‘बफर स्टेट’ उल्लेख गरेकोमा एमाले प्रदीप नेता ज्ञवालीको आपत्ति

नेपाललाई ‘बफर स्टेट’ उल्लेख गरेकोमा एमाले प्रदीप नेता ज्ञवालीको आपत्ति


 काठमाडौँ  : एमाले नेता प्रदीप ज्ञवालीले सरकारले नेपाललाई बफर स्टेटु उल्लेख गरेकोमा आपत्ति जनाएका छन्।ज्ञवालीले नेपालको भूराजनीतिक अवस्थालाई कहिल्यै बफर राज्यु नभनिएको भन्दै सरकारी मस्यौदाको भाषाप्रति असहमति व्यक्त गरेका छन्।
काठमाडौँ । पूर्वपरराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ उल्लेख गरेकोप्रति आपत्ति जनाएका छन् । नेता ज्ञवालीले भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनिएको भन्दै नयाँ सरकारको भाषाशब्दप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । 

बालेन्द्र ९बालेन० शाह सरकारले राष्ट्रिय दलका घोषणापत्र समेत समेटेर मंगलबार राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको थियो । ‘भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धताको बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ’, ज्ञवालीले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै बफर राज्य भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् ।

हाम्रा छिमेकीहरूबिच अनन्त दुष्मनी र द्वन्द्व नभएको स्मरण गर्दै ज्ञवालीले यस्तो शब्दको प्रयोग प्रासङ्गिक नदेखिने प्रस्ट पारेका छन् । बरु यही कुरा यही कुरा समनिकटता र समदूरीका हकमा पनि लागू हुने बताएका छन् ।

राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय भएको भन्दै नेता ज्ञवालीले मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्ने बताएका छन् । 

त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैँभरि उही मापन र आयतन नरहन पनि सक्छ’, ज्ञवालीले भनेका छन्,‘सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij