Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु

झापा : मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन तामाङको मोटरसाइकल दुर्घटनामा आज साँझ मृत्यु भएको छ।

पाँचथरको फिदिम–१२ घर भएका तामाङ सवार मे७प ९६५ नं को मोटरसाइकल आज अपराह्न ५:३० बजेतिर मेचीनगर–२ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार मोटरसाइकलको पछाडि सवार सप्रह तामाङ दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको आज साँझ ६:४५ बजे मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट