Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नयाँ वर्षमा मनकामना मन्दिरमा दश हजार बढी दर्शनार्थी, सात हजार पाँच सयले चढे केबलकार

नयाँ वर्षमा मनकामना मन्दिरमा दश हजार बढी दर्शनार्थी, सात हजार पाँच सयले चढे केबलकार

कुरिनटार,१ बैशाख,मनकामना मन्दिरमा आज नयाँ वर्षको दिनमा दश हजार बढी दर्शनार्थी पुगेका छन् । केबलकार र सडक मार्फत उक्त संख्यामा दर्शनार्थीहरु मनकामना मन्दिर दर्शन गर्न पुगेका हुन् । केवलकारबाट मात्र सात हजार पाँच सय दर्शनार्थी मनकामना मन्दिर पुगेको मनकामना केवलकारका स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिनुभयो । 
मनकामना मन्दिरका पुजारी इन्सान थापाका अनुसार सडक बाटो सवारी साधन मार्फत एक हजार पाँच सय भन्दा बढी दर्शनर्थीहरु मनकामना मन्दिर पुगेका थिए । उहाँका अनुसार केही दिनदेखि मनकामना मन्दिरमा आउने दर्शनर्थाीहरु बढीरहेका छन् । हिजो सोमबार पनि  दर्शनार्थीहरुको भीड लागेका थिए । 
केवलकारका स्टशेन म्यानेजर शेरचनले पनि दुई दिन विदा लागु भएसगैँ केबलकार भएर जाने दर्शनार्थीहरु बढेको बताउँनुभयो । शनिबार र सार्वजनिक विदाको दिन मनकामना मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गर्छन् ।  उहाँका अनुसार हिजो सोमबार पनि पाँच हजार पाँच सय जना केवलकारबाट मनकामना मन्दिर पुगेका थिए ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट