काठमाडौँ : प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूका सम्पत्तिको आयस्रोत तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
सोमवार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद रञ्जित कर्णले सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको आयस्रोतमाथि प्रश्न उठाउँदै त्यसको तत्काल जवाफ दिनुपर्ने बताए।
उनले सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफनो सम्पत्तिको आयस्रोत भने मात्रै वर्तमान सरकारले सुशासनको क्षेत्रमा केही काम गर्न सक्ने कुराको विश्वास आम जनतालाई हुने धारणा समेत राखे।
एमाले सांसद सोमनाथ पोर्तेलले सरकारको आवाज फेसबुक र पत्रपत्रिकाबाट मात्रै सुन्नुपर्ने विडम्बनापूर्ण अवस्था आएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे।
वर्तमान सरकारले संसदमा समेत नबोलेको उल्लेख गर्दै उनले ढुंगो बोल्ला तर सरकारका मन्त्रीहरु नबोलेको कटाक्ष गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij