Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

वर्षको अन्तिम दिन नेप्सेसँगै कारोबार रकम घटेर बन्द भयो बजार

वर्षको अन्तिम दिन नेप्सेसँगै कारोबार रकम घटेर बन्द भयो बजार


 काठमाडौं : वर्ष ०८२ को अन्तिम दिन (चैत ३०) सेयर बजार घटेर बन्द भएको छ । यस दिन बजार ४.१८ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८३३.६० विन्दु कायम भएको छ ।

कारोबार रकमका आधारमा पनि बजार घटेको छ । अघिल्लो दिन आठ अर्ब ९९ करोड रुपैयाँका सेयर कारोबार भएको थियो । आज आठ अर्ब ६६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । 

३४२ कम्पनीको कारोबार हुँदा १०५ कम्पनीको मूल्य बढ्यो । १५३ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्यमा हेरफेर भएन । आज पाँच कम्पनीका सकारात्मक सर्किट लागेको छ । सुपरखुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रोपावर, होटेल फरेस्ट इन, पाल्पा सिमेन्ट र रिजलाइन इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ । 

१३ वटा उपसमूहमध्ये होटेल तथा पर्यटन सूचक सर्वाधिक ८०.३५ अंकले बढेको छ । जीवन बिमाको सूचक सबैभन्दा धेरै ५९.४५ अंकले घटेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट