काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
बालेनको बैंकमा नगद १.४६ करोड, आमाको नाममा २ वटा घर (धनुषा र काठमाडौँमा), बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको विवरणमा उल्लेख छ ।प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij