काठमाडौँ : खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ। यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो।
खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो। गत आवमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij