Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ९० हजार ठगी

वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ९० हजार ठगी

काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१ लाख ९० हजार रुपैयाँ ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर रकम ठगेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ को २४ वर्षीय घने बुढालाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए। अभियुक्तद्वयलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट