काठमाडौँ : प्रतिनिधिसभाको शुक्रवारको बैठकले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको मनोनयन गरेसँगै सुनुवाइ समितिले पूर्णता पाएको छ। सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका तर्फबाट संसदीय सुनुवाइ समितिमा सदस्य रहने सांसद मनोनयनका लागि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाको तर्फबाट सांसदहरू अर्जुननरसिंह केसी, कबिन्द्र बुर्लाकोटी, गजला समीम मिकरानी, चन्दनकुमार सिंह, पद्माकुमारी अर्याल, बोधनारायण श्रेष्ठ, भिष्मराज आङ्देवे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, लेखजंग कार्की र वर्षमान पुन रहेका छन्।
संसदीय सुनुवाइ समितिमा प्रतनिधिसभाका १२ सांसद र राष्ट्रियसभाका ३ सांसद सदस्य हुन्छन्। जसमा अञ्जान शाक्य, आनन्दप्रसाद ढुंगाना र जगप्रसाद शर्मा रहेका छन्।
संसदीय सुनुवाइ समितिले पूर्णता पाएसँगै संवैधानिक परिषदबाट हुने सिफारिस र राजदूतलगायतका पदको सुनुवाइको बाटो खुला भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij