Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नांगो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको मृत्यु भएको हो ।

बिहीबार राति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नांगो छोइँदा करेन्ट लागेर घटनास्थलमै बास्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिएको छ । थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट