Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पेट्रोल, डिजेलसँगै ग्यासको मूल्यमा भारी वृद्धि

पेट्रोल, डिजेलसँगै ग्यासको मूल्यमा भारी वृद्धि

काठमाडौँ :  पेट्रोल, डिजेलसँगै खाना पाकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएको भन्दै बिहीबार नयाँ मूल्य कायम गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि भएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

नयाँ मूल्यअनुसार अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ। बढेको मूल्य बिहीबार राती १२ बजेपछि लागू हुनेछ।

मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाइएको छ। निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ।

मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको ढुवानीमा समस्या भएपछि अहिले विशेष एसिया क्षेत्रमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ।

नेपालमासमेत पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले दुई दिन आइतबार र शनिबार बिदा दिन सुरु गरेको छ। यसअघि तीनपटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो।

सरकारले चैत २४ गते मूल्य अत्यधिक बढेको भन्दै कम मूल्य बनाउन भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुटसमेत दिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट