Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

धादिङमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी

धादिङमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी

धादिङ : धादिङमा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। गल्छी गाउँपालिका-३ छतिनटार बस्ने २८ वर्षीय रवि पोखरेललाई प्रहरीले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।

पोखरेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना र उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी टोली खटिएको थियो। पीडितको उजुरीका आधारमा प्रहरीले तत्कालै कारबाही अघि बढाउँदै आरोपीलाई छतिनटारबाटै पक्राउ गरेको हो।

पक्राउ परेका पोखरेलमाथि जबरजस्ती करणी मुद्दामा थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाका बारेमा थप प्रमाण संकलन र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट