Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गण्डकी गाउँपालिकाको सेवा आफ्नै भवनबाट, गाउँपालिका अध्यक्ष तिमिल्सिनाद्धारा उद्घाटन

गण्डकी गाउँपालिकाको सेवा आफ्नै भवनबाट, गाउँपालिका अध्यक्ष तिमिल्सिनाद्धारा उद्घाटन

गोरखा,२५ चैत । गोरखाको गण्डकी गाउँपालिकाले आज (बुधबार) देखि आफ्नै भवनबाट सेवा सुभारम्भ गरेको छ । वडा नम्बर ६ बन्टारमा नवनिर्मित भवनको उद्घाटनसँगै सेवाको सुभारम्भ गरिएको हो । 
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले भवनको एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस अघि विभिन्न स्थान परिवर्तन गर्दै कहिले कसैको घर कहिले विद्यालय अन्यत्रबाट कार्यालय सञ्चालन गर्दै आउनु परेको अवस्थामा आजदेखि आफ्नै भवनबाट सेवा प्रदान गर्न पाएको बताउनुभयो ।  भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने ब्लु इनर्जी र जग्गा दाता जुन बहादुर गुरुङ र रेशम माया गुरुङलाई धन्यवाद दिनुभयो । साथै यस अघि सम्म गाउँपालिकाको सेवाका लागि कार्यालय सञ्चालनका लागि भवन उपलब्ध गराउँने तामनडाडाँ मावि परिवारलाई धन्यवाद दिनुभयो ।  
मन्त्रिपरिषदको निर्णय अनुसार ६० प्रतिशत जनसंख्यालाई सुविधा हुने गरि कार्यालय सारिएको पनि बताउँनुभयो ।  

IMG_17761775663536.JPG
वडा नम्बर ६ का वडाध्यक्ष तूल बहादुर गुरुङले झण्डै नौ वर्षपछि आफ्नै भवनबाट सेवा गर्न पाएको बताउँनुभयो । लामो समयको विवाद र अवरोधकाबिच आफ्नै भवन निर्माण गर्न सफल भएको बताउँनुभयो ।  
प्रमुख प्रशासकिय अधिकृत तूलसीराम आचार्यले नागरिकलाई दिने सेवा प्रभावकारी बनाउँन भौतिक संरचना पनि महत्वपूर्ण हुने बताउँनुभयो । यस पालिकाको भवनबाट सेवा प्रदानमा थप प्भावकारी हुने बताउँनुभयो । सेवालाई प्रभावकारी बनाउँन जनप्रतिनिधि, नागरिक समाज वुद्धिजिवीहरुले पनि साथ दिनुपर्ने बताउँनुभयो । नागरिक र कर्मचारीबिचको अविश्वासले पनि कहिले काही सेवा प्रवाह प्रभावित हुने भन्दै सबैले कर्मचारीलाई थप प्रभावकारी सेवा प्रदान गर्ने वातावरण मिलाउनेमा विश्वास व्यक्त गर्नुभयो । 

IMG_17351775663188.JPG
कार्यक्रममा गण्डकी गाउँपालिकाका पूर्व प्रशासकिय अधिकृत तथा नेपाल सरकारका उपसचिव राकेश गुरुङले यस नयाँ भवनबाट अझै प्रभावकारी र जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो । गण्डकी गाउँपालिकाले प्रदान गर्ने जनसेवा प्रभावकारी भएको आफुले प्रतिक्रिया पाएको बताउँनुभयो । आफु गण्डकी गाउँपालिकामा रहँदा प्रमुख प्रशासकिय भवन र वडा कार्यालयको भवन बनाउँन लागि परेको बताउँनुभयो । केही वडाका भवनहरु निर्माण गरेपनि केही अप्ठ्याराका कारण प्रमुख प्रशासकिय भवन भने बनाउँन नसकिएको बताउँनुभयो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट