काठमाडौँ । गृह मन्त्रालयले चार सहसचिवसहित सात जनाको सरुवा गरेको छ । मन्त्रालयले चार जना सहसचिव र तीन जना उपसचिवकाे सरुवा गरेको हो । डा. डिजन भट्टराईलाई बैतडीकाे प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाइएकाे छ । यस्तै खडानन्द अधिकारीलाई जाजरकाेटकाे सीडीओ बनाइएकाे छ ।
राजु प्रसाद पाैडेल, कृष्ण थापा र सुमन कुमार कार्कीलालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको मन्त्रालय जनाएको छ । उनीहरूलाई क्रमश: इलाम,पर्सा र संखुवासभा सरुवा गरिएकाे छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij