मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारमा कुनै कुरालाई लिएर मनमा असन्तोषको भावना जागृत हुनेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूको शैक्षिक क्षेत्र फराकिलो हुनाले तर्कशक्तिमा वृद्धि हुनेछ। विवादास्पद विषय वस्तुबाट टाढा रहनुहोस्। योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको कार्य सिध्द हुनेछ। उच्च अधिकारीहरूको साथ र सहयोग मिल्नेछ। नोकरी वा पेशामा कामको तारिफ हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारको साथ मिल्नाले मनोबल उच्च रहनेछ। सेवामूलक कामले मान प्रतिष्ठा दिलाउनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। दिन मनोरञ्जनात्मक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले कार्यक्षेत्रमा सफलता पाइनेछ। कानुनी पक्ष मजबुत रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यर्थको काममा समय व्यतित हुनेछ। धार्मिक स्थलहरूमा भ्रमण र दान आदि गरेर पुण्य आर्जन गर्न सक्नुहुनेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ८ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यलाई लिएर खानपिनमा सतर्कता अपनाउनुहोस्। मन अशान्त रहनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। पारिवारिक समस्याले काम समयमा समापन गर्न नसकिएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक काममा अल्मलिदा कार्यक्षेत्रमा पछि परिनेछ। नयाँ वस्त्र आभूषण आदिले सौन्दर्यमा निखार आउनेछ। वाणीमा संयमता र स्पष्ट संवादले परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक निर्णयहरूमा सावधानी अपनाउनुहोस्। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने जोखिम लिनदेखि बच्नुहोस्। गोप्य कुराहरू बाहिरिनाले समस्या निम्ताउला सावधान रहनुहोस। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगनशीलताले कार्यक्षेत्रमा सफलता पाइनेछ। कानुनी पक्ष मजबुत रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शत्रुहरू सक्रिय रहनेछन्। कृषि र पशुपालन बाट लाभ आर्जन गर्न सकिएला। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij