काठमाडौं : पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि (आइतबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी पक्षबाट लिखित जवाफ प्राप्त भइसकेको स्रोतले जनाएको छ।
मुद्दाका आवश्यक सबै प्रक्रिया पूरा भइसकेकाले दुवै रिट भोलिको पेसीमा चढ्ने बताइएको छ।
जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो।
पक्राउ अवैध भएको दाबी गर्दै दुवैले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। त्यसपछि चैत १६ गते छुट्टाछुट्टै इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
उक्त आदेशअनुसार सरकार पक्षले लिखित जवाफ पेश गरिसकेकाले अब भोलि मुद्दामा बहस हुने तयारी गरिएको स्रोतले जानकारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij