Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

तनहुँ :  डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट