काठमाडौँ : नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी जवान पदको माग संख्यामा वृद्धि गरेको छ। गत २०८२ साल असोजमा प्रकाशित विज्ञापनमा उल्लेखित संख्यामा थप १,३७५ जनाको संख्या थप गरी अब कुल २,९२८ जनाको भर्ना लिइने भएको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सूचना जारी गर्दै थप गरिएको पद संख्या बारे विस्तृत जानकारी दिएको हो। २०८२ असोज १० गतेको विज्ञापनमा सुरुमा १,५५३ जनाको माग गरिएको थियो। विज्ञापन प्रक्रिया अघि बढेपछि थप रिक्त हुन आएका १,३७५ पदहरू पनि सोही विज्ञापनमा समावेश गरिएपछि कुल संख्या झण्डै दोब्बर पुगेको हो।
नयाँ व्यवस्था अनुसार कुल २,९२८ पदमध्ये खुलातर्फ १,५७८ जनाको भर्ना हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij