Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कुवेतमा मृत्यु भएका ९ नेपालीको शव नेपाल ल्याइयो

कुवेतमा मृत्यु भएका ९ नेपालीको शव नेपाल ल्याइयो

काठमाडौँ :  कुवेतमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस्तै त्यहाँबाट भएका (डिपोर्ट) नेपालीसमेत स्वदेश फर्किएका छन् । 

उनीहरुलाई लिएर कुवेत एयरवेजको विशेष विमान बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको हो । कुवेतको हवाइ क्षेत्र र काठमाडौँ–कुवेत नियमित उडान बन्द रहेको विशेष परिस्थितिमा कुवेतस्थित नेपाली राजदूतावासको समन्वय र कुवेत एयरवेजको सहयोगमा सो विशेष उडान गरिएको हो ।

जहाजमार्फत ल्याइएका ९ नेपालीको शवलाई आजै सम्बन्धित परिवारको जिम्मा लगाउने तयारी गरिएको दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij