Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दुईदेखि तीन हप्तामा इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

दुईदेखि तीन हप्तामा इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

काठमाडौंः पश्चिम एसियामा जारी युद्ध ३३औँ दिनमा प्रवेश गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेशन दुईदेखि तीन हप्ताभित्र समाप्त गर्ने घोषणा गरेका छन्। 

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले सरकारले इरानसँग वार्ताका साथसाथै सैन्य कारबाही पनि जारी राखेको बताए। इन्धनको बढ्दो मूल्यबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिका इरानबाट बाहिर निस्केपछि अवस्थामा सुधार आउने र तेलको मूल्यपनि घट्नसक्ने बताए। 

उनले अमेरिकाले आफ्नो काम लगभग पूरा गरिसकेको र अर्को करिब दुई हप्तामा अपरेसन सकेर सेना फिर्ता बोलाइने दाबीसमेत गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij