काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देशलाई मद्दत नगर्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जाल ट्रुथमा पोस्ट गर्दै उनले आफ्नो परिस्थिति आफैँ व्यवस्थापन गर्न भनेका छन्।
उनले भने, ‘बेलायत जस्ता देशहरू जो हर्मुजको स्ट्रेटबाट इन्धन पहुँच गर्न असमर्थ छन्, उनीहरूले अमेरिकाबाट तेल किन्न सक्छन् किनभने अमेरिकासँग यसको कुनै अभाव छैन।’
ट्रम्पले अब उनीहरूलाई होर्मुजमा सहयोग नगर्ने बताए। उनले भने, ‘देशहरूले चाहन्छन् भने उनीहरूले साहस देखाउन सक्छन्। तेल लिन आफैँ हर्मुजको मार्गमा जान सक्छन्। जसरी उनीहरूले अमेरिकालाई सहयोग गरेनन् अब अमेरिकाले पनि गर्दैन।’
यस्तै, उनले इरान उल्लेखनीय रूपमा कमजोर भइसकेको बताए। अब इरान पूर्ण रूपमा ध्वस्त भइरहेकाले आफ्नो तेल आफैँ लिन जान आग्रह गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij