Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

काठमाडौं : गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट बीच कार्यालयमै छलफल भएको छ । आइतबार मन्त्रालय अन्तर्गतकै जोखिमको विषयमा गृहमन्त्री सुदन गुरुङले ब्रिफिङ गर्दै मनसुन अगाडि नै विपत व्यवस्थापनमा तयारी रहन अनुरोध गरे ।

कार्यकारी प्रमुख दिनेश भट्टले भने, ‘यो नियमित प्रक्रिया हो, अन्य गृहमन्त्रीहरु ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो । विपद व्यवस्थापनका लागि पनि हामीलाई सहज हुने भयो ।’ गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि विपद जोखिम न्यूनीकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपत हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij