काठमाडाैँ : सुडानमा भएको ड्रोन आक्रमणमा कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै बिहीबार एएफपीले जनाएको छ । सुडानी सेना र अर्ध–सैनिक द्रुत समर्थन बल ९आरएसएफ० बीचको लामो युद्धको कारण हाल दैनिक ड्रोन आक्रमणमा वृद्धि भएको छ जसमा एकै पटकमा दर्जनौंको निर्दोश नागरिकको ज्यान गएको जनाइएको छ ।
उत्तरी डार्फर राज्यको सराफ ओमरा सहरको बजारमा भएको आक्रमणमा एक शिशु सहित २२ जनाको मृत्यु हुनका साथै थप १७ जना घाइते भएको स्थानीय क्लिनिकका एक स्वास्थ्य कार्यकर्तालाई उद्धृत गर्दै एएफपीले बताएको छ । ड्रोनले पार्क गरिएको तेल ट्याङकमा प्रहार गर्दा ट्याङकरसहित बजारको केही भागमा आगो लागेको सराफ ओमरा र दुर्गम डार्फर क्षेत्रका बजारका बिक्रेता हमिद सुलेमानले बताउनु भएको छ ।
डार्फरमा आरएसएफको गढबाट करिब ८०० किलोमिटर पूर्वमा भएको अर्को ड्रोन आक्रमणका कारण सेनाको क्षेत्रको उत्तरी कोर्डोफान सडकमा कुदीरहेको ट्रकमा आगो लागेको जनाइएको छ । अस्पतालमा आएका ६ वटा शवहरू मध्ये तीनवटा जलेका दश जना घाइते भएको जनाइएको छ ।
एल–राहादको स्थानीय अस्पतालको चिकित्सा स्रोतले आक्रमणको दोष आरएसएफलाई दिएको एएफपीले बताएको छ।सुडानमा लामो समय चलेकोको युद्धले दशौं हजारको ज्यान लिनुका साथै लगभग एक करोड १० लाख विस्थापित भएको जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij