Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पोर्चुगलबाट बेलायत आएका नेपालीहरुको भेला अगस्ट ३ तारिख सोमबार

पोर्चुगलबाट बेलायत आएका नेपालीहरुको भेला अगस्ट ३ तारिख सोमबार

लण्डन : नेपालबाट विभिन्न उद्देश्यका साथ युरोपका विभिन्न देश हुँदै पोर्चुगललाई कर्मभूमि बनाइ हाल बेलायतका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपाली मूलका पोर्चुगिजहरूको बृहत् भेटघाट कार्यक्रम आगामी अगस्ट ३ तारिख सोमबार वेष्ट मिडल्याण्डस्थित वोल्भरह्याम्प्टनमा आयोजना हुने भएको छ।

कार्यक्रममा नेपाली खानाका विविध परिकार, पञ्चेबाजा, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति, बालबालिकाका लागि खेल क्षेत्र, लाइभ बारबिक्यू, डिजे, रमाइला खेलकुद तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ।

यसपटकको कार्यक्रममा नेपाली तथा पोर्चुगिज कूटनीतिक नियोगका प्रतिनिधिहरूका साथै स्थानीय नगरप्रमुखलाई पनि निमन्त्रणा गरिने बताइएको छ। बेलायत बाहिर अन्य देशहरूमा बसोबास गर्ने नेपाली पोर्चुगिज समुदायलाई समेत कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउँदै अधिकतम सहभागिता सुनिश्चित गर्न बेलायतका विभिन्न शहरबाट ५१ सदस्यीय आयोजक समिति गठन गरिने तथा आवश्यकता अनुसार उपसमितिहरू समेत बनाइने मूल आयोजक समितिको सचिवालयले जानकारी दिएको छ।

नयाँ तथा पुराना साथीभाइ, परिवार र आफन्तबीच भेटघाट, शुभकामना आदानप्रदान तथा दोस्रो पुस्ताका बालबालिकाबीच भाइचारा विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । यसअघि यस्ता बृहत् भेटघाट कार्यक्रमहरू साउथ–ईष्ट लण्डन, कोभेन्ट्री र साउथह्याम्प्टनमा सम्पन्न भइसकेका छन् भने यस वर्षको चौथो संस्करण वोल्भरह्याम्प्टनमा आयोजना हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij