Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भरतपुरमा प्रज्ञाका सम्मान तथा पुरस्कार प्रदान

भरतपुरमा प्रज्ञाका सम्मान तथा पुरस्कार प्रदान

भरतपुर : भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टा तथा प्रतिभाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानले नारायणप्रसाद खनाललाई ‘कृष्ण बम मल्ल प्रज्ञा सम्मान’ तथा विजयकुमार गुरूङलाई ‘भरतपुर प्रज्ञा सम्मान’ प्रदान गरेको छ। दुवै सम्मानको नगद राशि जनही रु ५० हजार ७८ र सम्मानपत्र रहेको छ।

त्यसैगरी साहित्यतर्फ गोविन्दगोपाल खतिवडाको ‘वासना कि उपासना’ कवितासङ्ग्रह, सञ्जीव पौडेलको ‘छोटु’ संस्मरण सङ्ग्रह तथा सुभाष घिमिरेको ‘सान्दाजु’ उपन्यासलाई ‘भरतपुर प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ। यी पुरस्कारहरूको नगद राशि जनही रु २५ हजार ७८ रहेको छ। कार्यक्रममा महानगरका कावा नगर प्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो।

प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सचिव बालकृष्ण थपलियाले गर्नुभएको थियो। परिषद् सदस्य प्रकाश चापागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने केदारनाथ खनालले सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गर्नुभएको थियो।

प्रतिष्ठानले भरतपुर महानगरवासी लेखकहरूका वर्ष २०८१ मा प्रकाशित कृतिहरूको मूल्याङ्कनपछि सिफारिसका आधारमा पुरस्कार प्रदान गरेको जनाएको छ। हालसम्म प्रतिष्ठानले २८ जना स्रष्टाहरूलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij