Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

आज शनिबार राशि अनुसार यस्तो छ तपाइको भाग्यफल

आज शनिबार राशि अनुसार यस्तो छ तपाइको भाग्यफल


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आकस्मिक खर्च बढ्नाले चलिरहेको काममा बाधा आउनेछ। विद्यार्थीहरूको अध्ययनमा ध्यान केन्द्रित नहोला। अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक यात्राको प्रक्रिया अघि बढ्नेछ। विशेष व्यक्तिहरूबाट नयाँ उपहार प्राप्त हुने सम्भावना छ। पारिवारिक जनमा आत्मीय भाव बढ्नेछ। कृषि वा पशुधनबाट राम्रो लाभ कमाउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कारोबार वा व्यवसायमा समयमा काम पूरा नहुनाले अपयशको सामना गर्नुपर्ला। समस्या दर्शाउदा मित्रहरूको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पहिलाका कमी कमजोरीलाई सुधार गरेर आर्थिक स्थिति सबल बनाउन सकिनेछ। सकारात्मक दृष्टिकोणको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। खर्चमा नियन्त्रण राख्नुहोस। आफन्तहरूको साथले मनमा विश्वास रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रशासनिक र राजकीय मामलाहरूमा सफलता मिल्नेछ। विरोधीहरू सक्रिय भएतापनि लगनशीलताले परिणाम हजुरको पक्षमा हुनेछ। निर्धारित लक्ष्य समयमा पूरा गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्ना कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आफन्तहरूको मध्य रमाइलो जमघट संगै भोजनको आनन्द मिल्ला। लेखन वा साहित्य कलामा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तारिफ योग्य कामले समाजमा लोकप्रियता बढाउने छ। व्यापार व्यवसायमा राम्रो लाभ कमाइनेछ। शुभचिन्तक वा प्रतिष्ठित व्यक्तिहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। दिन उत्साहवर्धक र रमाइलो रहनेछ। व्यापारमा उठ्नुपर्ने रकम हातलागि हुनेछ। रचनात्मक काममा समय व्यतीत हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी व्यापारमा साझेदारसँग कुनै कुरालाई लिएर असमझदारी बढ्ला सावधान रहनुहोस्। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षाको अनुकूल परिणाम आउनेछ। जीवनसाथीको कुरालाई महत्व दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। नयाँ कामलाई लिएर नयाँ योजनाहरू बनाउने समय रहेको छ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक र सामाजिक कार्यमा सहभागिता बढ्नेछ। विद्यार्थीहरूको अध्ययनमा सोचेजस्तो उपलब्धि हात नलाग्ला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कारोबार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। नोकरी वा पेशामा पहिला लिएका निर्णयहरूले लाभ दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij