Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कञ्चनपुर-२ मा उज्यालो नेपालका उम्मेदवार निष्क्रिय, रास्वपालाई समर्थन

कञ्चनपुर-२ मा उज्यालो नेपालका उम्मेदवार निष्क्रिय, रास्वपालाई समर्थन

कञ्चनपुर : उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर २ मा उम्मेदवार बनेका योगेन्द्र बहादुर साउदले निर्वाचनको मुखमा पार्टी परित्याग गरेका छन् । 

उक्त क्षेत्रका रास्वपाका उम्मेदवार दीपक बोहरालाई समर्थन र सहयोग गर्ने भन्दै उनी पार्टी नै परित्याग गरेर आफ्नो उम्मेदवारीबाट पछि हटेका हुन् । उनले आजैका मितिदेखि आफू उज्यालो नेपालबाट अलग भएको र आफ्नो समर्थन रास्वपालाई नै हुने प्रष्ट पारेका छन् । उनले भने- 'बच्चादेखि बुढासम्म रास्वपा र घण्टीको नाम लिइरहेका बेला कञ्चनपुर २ मा पनि वैकल्पिक शक्तिहरूको मत विभाजन नहोस् भनेर मैले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको हुँ ।

युवा–युवा मिल्नुपर्छ भन्ने हिसाबले पनि मैले उहाँलाई समर्थन जनाएको छु।' परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले यो निर्णय लिएको साउदको भनाइ छ ।  यसअघि अछाम–२ मा पनि उनेपाका उम्मेदवार राजेश रावलर्ले  रास्वपाका उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्दै भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट