Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सेवा, सुविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीद्वारा विरोध प्रदर्शन

सेवा, सुविधामा असन्तुष्टि जनाउँदै हुम्लामा निर्वाचन प्रहरीद्वारा विरोध प्रदर्शन

 सुर्खेत : हुम्लामा सेवा, सुविधामा असन्तुष्टि जनाउँदै निर्वाचन प्रहरीले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार जिल्ला प्रशासन अगाडि उनीहरुले नाराबाजी गरिरहेका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिएका छन् ।उनीहरुले तोकिएको भन्दा केही कम सेवा, सुविधा पाउने सुनेर आन्दोलनमा उत्रिएको बताइएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बुझाइमा समस्या हुँदा उनीहरू विरोधमा उत्रिएको बताए । यद्यपि अहिले बुझाउने काम भइरहेको छ । ‘उनीहरूलाई सुरुमा बढी आउँछ भन्ने भएको रहेछ, तर निर्देशिका अनुसार नै पाउने हो,'उनले  भने, ‘हामीले यहाँबाट बढाउने, घटाउने हैन नि ।' 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij