काठमाडौँ : निर्वाचन आयोगले भने बमोजिम हालसम्म ४५४ जना उम्मेदवारले बैंक खाता खोलेका छन्।
३ हाजर ४०६ प्रत्यक्ष निर्वाचनका उम्मेदवारमध्ये जम्मा १४.५ प्रतिशतले बैंक खाता खोलेका हुन्। साथसाथै ४ वटा राजनीतिक दलले बैंक खाता खोलेको कानुन तथा राजनीति दल महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए। ६५ दल प्रत्यक्ष निर्वाचनमा सहभागी छन्।
नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टीले चुनावका लागि छुट्टै बैंक खाता खोलेका छन्। साथसाथै तीनवटा राजनीतिक दलले चुनावको घोषणापत्र बुझाएका छन्। राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी, समावेशी समाजवादी पार्टीले चुनावी घोषणापत्र बुझाएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij