जनकपुरधाम : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् ।
धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज रास्वपा प्रवेश गरेका हुन् ।
उनलाई एक समारोहबीच रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा भित्र्याएका हुन् । उनी राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् ।
उनीसहित राष्ट्रिय मुक्ति पार्टीका अन्य कार्यकर्ता पनि रास्वपा प्रवेश गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij