Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुका लागि अनलाइन मतदानको व्यवस्था गर्नू : परराष्ट्र

भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुका लागि अनलाइन मतदानको व्यवस्था गर्नू : परराष्ट्र

काठमाडौँ : परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्न र भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुका लागि अनलाइन सहभागिता तथा मतदानको व्यवस्था सुनिश्चित गर्न राय दिएको छ।

मन्त्रालयले संघलाई पठाएको पत्रमा गैरआवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२) को दफा १४ र दफा २१.१० बमोजिम निर्वाचन अनलाइन वा भौतिक रुपमा उपस्थित भई गर्न सकिने व्यवस्था रहेको उल्लेख गरेको छ। भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको हकमा अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नुपर्ने स्पष्ट पारिएको छ।

पत्रमा भनिएको छ, “विधानको व्यवस्था बमोजिम अधिकतम प्रतिनिधि भौतिक रुपमा उपस्थित हुने र उपस्थित हुन नसक्ने प्रतिनिधिहरुका लागि अनलाइनमार्फत सहभागिता सुनिश्चित गर्दै गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने यस मन्त्रालयको राय रहेको छ।” परराष्ट्र मन्त्रालयले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको उल्लेख गर्दै, त्यसअनुसार आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गर्न पनि आग्रह गरेको छ।

patra

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट