सर्लाही : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो ।
काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको कारका चालक बुटबल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा र ५२ वर्षका सञ्जय जैसवाल घाइते भएका हुन् । घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार उपचार भइरहेको छ । घाइतेमध्ये जैसवालको अवस्था गम्भीर छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij