Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

आजको मौसम कस्तो रहला   ?

आजको मौसम कस्तो रहला   ?

काठमाडौँ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भागमा आंशिक बादल लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ। अन्य भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

त्यसैगरीआज राति तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा  आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij