Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

हिमाली भू‍-भागका एक– दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

हिमाली भू‍-भागका एक– दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना


काठमाडौँ :  मौसम पुर्वानमाुन महाशाखाका आनुसार नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लागेको र एक–दुई स्थानमा हल्का हिमपात रवर्षा भईरहेको छ साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ ।तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍–भागका एक– दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशखाले जनाएको छ । 

रातीः तराई भू(भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका हिमाली भू‍(भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू(भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍(भागका एक(दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij