काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने उद्देश्यले आइतबारदेखि सर्वेक्षण सुरु गर्ने भएको छ । सत्तरी वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत कामपाले उनीहरूको स्वास्थ्य अवस्था सर्वेक्षणको काम सुरु गर्न लागेको हो ।
कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको जानकारी दिइन्। सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीसँग छलफल गर्दै उनले अपेक्षित नतिजा सङ्कलन प्रभावकारी रूपमा गर्न अनुरोध गरिन्।
कामपाले सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीलाई पाँच दिनको अभिमुखीकरण तालिम दिनुका साथै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन र आवश्यक उपकरण प्रदान गरिसकेको छ । सेवासँगै मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुँदै आएको छ भने दीर्घरोग नियन्त्रण गर्ने प्रयास गरिँदै आइएको स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij