Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

यातायात विभागद्वारा छापिएका ७३२ वटा सवारी लाइसेन्स सार्वजनिक

यातायात विभागद्वारा छापिएका ७३२ वटा सवारी लाइसेन्स सार्वजनिक

काठमाडौँ : यातायात व्यवस्था विभागले छापिएका ७३२  वटा सवारी लाइसेन्स सार्वजनिक गरेको छ । आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । 

विभागले अहिले अत्यावश्यक सवारी लाइसेन्स छपाइ गरी वितरण गर्दै आएको छ । तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक  लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट  छपाइ गर्दै आएको विभागले जनाएको छ ।  
 
गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स छपाइ रोकिएको थियो ।  हाल सुरक्षण मुद्रण केन्द्रबाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij