तनहुँ : तनहुँमा मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।इलाका प्रहरी आँबुखैरेनकिा अनुसार शुक्रबार साँझ करिब ८स्१५ बजे डुम्रेतर्फबाट आबुँखैरेनी जाँदै गरेको बा.प्र.०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकले आबुँखैरेनी गाउँपालिका–२ नारीघाँटस्थित पृथ्वीराजमार्गमा पैदल यात्री दलबहादुर थापा मगर अन्दाजी ६० बर्षिय लाई ठक्कर दिएको हो। मृतक थापा मगर गोरखा नगरपालिका–१४ जुम्लाङका स्थायी बासिन्दा हुन्।
ठक्करबाट गम्भीर घाइते भएका थापा मगरलाई उपचारका लागि चितवनस्थित पुरानो सीएमसी अस्पताल लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण चिकित्सकले राति ९ : ४० बजे उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि फरार भएका ट्रक चालक मकवानपुरको सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लो लाई ईलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको प्रहरी चेकिङ टोलीले मुग्लिन पुलजिप क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रदिप सुबेदीले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij