Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : मुलुकको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशमा भने वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij