काठमाडौँ : विशेष अदालतले नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित विरुद्धको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ।नेपालसहित जोडिएको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुन: मिसिल झिकाउने आदेश गरेको हो।
पुरानो आदेशमा फाइल आइनपुगेकाले आज पुन: पुरानो आदेश कार्यान्वयनको आदेश भएको थियो। आज आदेशलगत्तै फाइल आइपुगेकाले अब यही १४ गतेका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते मुद्दा दायर गरेको थियो।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो र सजाय माग दावी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij