Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कृषि विकास बैंकको ५९औं स्थापना दिवस समारोह आयोजना

कृषि विकास बैंकको ५९औं स्थापना दिवस समारोह आयोजना

काठमाडौँ : कृषि विकास बैंकको ५९औं स्थापना दिवसको अवसरमा विशेष समारोह आयोजना गरिएको छ। उक्त समारोहको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डिमप्रसाद पौडेलले गरेका हुन्।  समारोहमा बैंकको विगतका उपलब्धिहरू, वर्तमान वित्तीय सेवा विस्तार तथा भविष्यका योजनाबारे चर्चा गरिएको थियो।

अध्यक्ष पौडेलले कृषि क्षेत्रको विकासमा बैंकको योगदानलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास जारी रहने बताएका छन् । कार्यक्रममा बैंकका उच्च पदाधिकारी, कर्मचारी तथा ग्राहकहरूको सहभागिता रहेको थियो । समारोहमा बैंकको सामाजिक उत्तरदायित्व र ग्रामीण विकासमा वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धता पुनः दोहोर्याइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij