Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

इच्छाकामनाको स्वास्थ्य संस्थाहरुमा गर्भवती महिलाको नि : शुल्क भिडियो एक्सरे सेवा

इच्छाकामनाको स्वास्थ्य संस्थाहरुमा गर्भवती महिलाको नि : शुल्क भिडियो एक्सरे सेवा

इच्छाकामना ,४ माघ । चितवनको इच्छाकामना गाउँपालिका ६चण्डीभञ्ज्याङ स्वास्थ्यचौकीमा १४ जना गर्भवती महिलाहरुको भिडियो एक्सरे गरिएको छ । ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुक्रबार अनुसार वडा नम्बर ६ का गर्भवती महिलाहरुको भिडियो एक्सरे गरिएको इच्छाकामना आधारभूत अस्पताल कुरिनटारकी  सिनियर अनमी निरीक्षक मञ्जु घिमिरेले बताउनुभयो । भिडियो एक्सरेबाट बच्चाको अवस्था र आमाको अवस्था बारे जानकारी लिएर अन्यत्र पठाउनुपर्ने भएर पठाउने र आवश्यक परामर्श दिदैँ आएको घिमिरेले बताउनुभयो ।

गाउँपालिकाले घुम्ती सेवाको रुपमा सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा गई गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको छ । गाउँपालिकाले गर्भवती र शिशु स्वास्थ्य सुरक्षाका लागि विगत दुईबर्षदेखि ग्रामिण अल्ट्रासाण्ड कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij