काठमाडौँ : कालिकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा ज्यान गुमाउने तीनजनाको परिचय खुलेको छ।
दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालिकोटको शुभकालिका–२ का नवराज शाहीको मृत्यु भएको हो। मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए। खत्रीका अनुसार दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक हुन्।
सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर तिला नदीमा खसेको थियो। उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ। जीप चालक प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij