भरतपुर : भरतपुर महानगरपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ। नेपालकै पालिकाहरूमध्ये सबैभन्दा ठूलो सुविधा सम्पन्न भवनको आज एक समारोहका बीच पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्घघाटन गर्ने कार्यक्रम तय भएको छ।
भरतपुर महानगरकी सफल मेयर रेनु दाहालको अथक प्रयासले समयमा निर्माण सम्पन्न गरिएको उक्त भवनको उद्घघाटन गर्न पूर्व प्रधानमन्त्री प्रचण्ड चितवन आइसकेका छन्। बिहान ११ बजे उद्घघाटन गर्ने कार्यतालिका तय भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए।
सुविधा सम्पन्न भवन पूर्णरूपमा अपाङ्गमैत्री, सेवाग्राहीमैत्री कक्ष र शौचालय रहेको उनले बताए । नवनिर्मित भवनमा १५८ वटा कार्यकक्ष रहेका छन्। जसमा सुविधा सम्पन्न दुईवटा लिफ्ट ३५० र २५० क्षमताका दुईवटा सभाहल र आठवटा बैठक कक्ष रहेको उनले जानकारी दिए ।
निर्माण कम्पनी एनआर कन्स्ट्रक्सन इन्जिनियरिङबाट डिपिआर तयार गरेपछि उक्त भवनको ९४ करोड ३२ लाख ३० हजार लागत अनुमान गरिएको भरतपुर महानगरपालिका भौतिक पूर्वाधार विकास महाशाखाका प्रमुख डिभिजनल इन्जिनियर सन्तोष आचार्यले चित्रवन न्युज डटकमलाई जानकारी दिए । उक्त लागत अनुमान २० ७८ चैत २० गते महानगरले स्वीकृत गरेको थियो।
महानगरले २०७८ चैत २२ गते बोलपत्र आह्वान गरेपछि निर्माण कम्पनीले २०७९ फागुन १८ गते सम्झौता गरेको आचार्यले बताए ।
२०८२ माघ १८ गते भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमामा उल्लेख छ।
नेपालकै उत्कृष्ट भवन निर्माण गर्न सम्झौता रकममध्ये ५०% बागमती प्रदेश सरकारले दिने निर्णय गरेको भरतपुर महानगर भौतिक पूर्वाधार महाशाखाका प्रमुख आचार्यले बताए । उनका अनुसार हालसम्म संघीय सरकारबाट २१ करोड ५८ लाख १४ हजार ,बागमती प्रदेश सरकारबाट १९ करोड,८९ लाख ३६ हजार र भरतपुर महानगरबाट ४ करोड ५० लाख गरी जम्मा ४५ करोड ,९७ लाख ५१ हजार प्राप्त भएको छ । अर्थ मन्त्रालयबाट ३५ करोड बजेट सुनिश्चितता दिने निर्णय भएको पनि उनले जानकारी दिए।
छ। तले भवन १४ हजार १ सय ५२ वर्गमिटरमा फैलिएको छ। जसको लम्बाइ ६० मिटर र चौडाइ ४० मिटर रहेको आचार्यले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij