Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

कास्की  : चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ ।

युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए ।पोखरामा बर्सेनि करिब १३० टन तरुल र ९० टन सखरखण्ड बिक्री हुने गरेको कृषि विकास शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij