काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगाएको बताएका छन्।बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। एमालेलाई पनि अहिलेको नेपाली काँग्रेसको जस्तै गरी फुटाउन खोजिएको तर सफल नभएको बताए।
पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उनको दाबी छ। अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा जनताको काम गर्दा आफूले सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लीन रहेको दावी गरे।
ओलीले भने, ‘प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैन थियो। काम त्यसरी गर्नुपर्छ। हामी आक्रमणको बीचमा छौँ‚ विरोधीहरू लागेका छन्। शेरबहादुरलाई जसरी बलजफ्ती निष्काशन भनेर गरेका छन् त्यस्तै त हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए। कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ। यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थिए। त्यसो भए जनता र कार्यकर्ताले फैसला गरून् भनेर एक वर्षअघि नै महाधिवेशन गर्यौँ। हाम्रो पार्टी एकजुट बनेको छ। महाधिवेशनले एउटा फैसला दिएको छ।’अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्ने गरी भाष्य निर्माण गर्न नहुने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij