Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पोखरा महानगरपालिका : कर छुटको सुविधा चैत मसान्तसम्म

पोखरा महानगरपालिका : कर छुटको सुविधा चैत मसान्तसम्म

कास्की : पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए पनि महानगरको राजस्व सङ्कलन प्रणालीमा समस्या आउँदा कर तिर्न आएका सर्वसाधारण फर्किनुपर्ने अवस्था सिर्जना भएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिनुुभयो । सेवाग्राहीले चाहेर पनि राजस्व सङ्कलन प्रणालीको समस्याका कारण कर तिर्न नसकेकाले कर छुटको समयलाई चैत मसान्तसम्म बढाइएको उहाँले बताउनुुभयो ।

यसअघि प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका भन्दै उक्त छुटको समयावधि बढाउन वडा १३ का वडाध्यक्ष किरण बरालले ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij